बालबालिकाको निशुल्क स्वास्थ्य विमा
विदुर खबर
२०८० पुष १९ गते ९:०८
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता सोत कक्षाका १३ बालबालिकाको निशुल्क स्वास्थ्य विमा गरिएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयले बालबालिकाको निशुल्क स्वास्थ्य विमा गरिदिएको हो । आवासीय सेवासहित सञ्चालनमा रहेको बौद्धिक अपाङ्गता स्रोत केन्द्रका १२ बालिका र एक बालकको पत्येक परिवारका संरक्षक तथा अभिभावक गरी पाँचजनाको बिमा गरिएको जानकारी सोतकक्षा शिक्षक मीरा थापाले दिइन् ।
उक्त बिमा नवीकरण वार्षिक रूपमा गर्नुपर्नै भएपनि यो सेवा निरन्तर रूपमा स्वास्थ्य बिमाबाट पाइरहने जानकारी च्वाडी पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेले दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया