महिला बलात्कार गरेको कसुरमा धादिङमा एकजनालाई ८ वर्ष कैद

विदुर खबर २०८० पुष १३ गते २१:२९

४५ वर्षीया एक महिला बलात्कार गरेको कसुरमा गजुरी गाउँपालिका- १ का आईमान सिंह तामाङलाई जिल्ला अदालत धादिङले ८ वर्षको कैद गर्ने फैसला गरेको छ ।

Advertisement

जिल्ला न्यायाधीश  गोपाल प्रसाद बास्तोलाको बिहीबार  ईजलनसले कसुर कायम गर्दै ८ वर्षको कैद गरी  ३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ । कसुरदार तामाङले महिलालाई ०७९ चैत १४ गते बलात्कार गरेको र सोही  दिन इलाका प्रहरी कार्यालय गजुरीले गिरफ्तार गरेको थियो ।
पी

Advertisement

डितको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा भएको थियो । आरोपित विरुद्ध ०८० वैशाख १० गते जिल्ला अदालतमा मुद्दा दर्ता, भएको थियो ।

प्रतिक्रिया