हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/12/re-himas.png)
नुवाकोट । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्।
आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।
कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया