नुवाकोट आएर शेखरले भने : प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो
नुवाकोट । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।
नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।
‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’ नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’
संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागीदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।
नेता कोइरालाले पार्टीभित्र अन्तर्घात भएको भन्दै एकअर्काको खुट्टा तानेर चुनाव जित्न नसकिने बताए । कांग्रेसमा व्यक्तिवादी चरित्र हावी भएको औंल्याउँदै कोइरालाले भने, ‘त्यसलाई त्याग्नुस् । त्यसलाई त्याग्न सक्यौं भने कसैको बैसाखी टेकेर जानुपर्दैन ।’
अहिलेको अवस्थामा जनतामा निराशा र आक्रोश स्वाभाविक भएको भन्दै उनले आक्रोश र निराशा गणतन्त्र र संघीयताप्रति नभएको टिप्पणी गरे । ‘त्यो आक्रोश र निराशा नेतृत्वप्रति हो’, कोइरालाले भने ।
दलहरुले राम्रा काम गरेको अवस्थामा राजतन्त्रको मुद्दा स्वतः ओझेलमा पर्ने उनले बताए । फ्रान्सको सानो चिया पसलमा राजतन्त्रको पक्षमा कुरा भए पनि त्यहाँ राजतन्त्र नआएको उदाहरण दिए । ‘फ्रान्सले राम्रो काम गरिराखेको छ । त्यसकारण राजा भन्नेहरु बढ्दैनन्’, कोइरालाले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया