श्रीकृष्ण माविको मैदान छिटो स्तरोन्नति गर्न अधिकारीको निर्दैशन
विदुर खबर
२०८० मंसिर २९ गते २०:५९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर २ मा रहेको श्रीकृष्ण उच्च माध्यामिक विद्यालयको खेलकुद मैदानको तत्काल स्तरोउन्नति गर्न आग्रह गरेका छन् ।
शुक्रवार गाउँपालिकाका अध्यक्ष अधिकारीले मैदानको निरिक्षण गर्दे तत्काल राष्ट्रियस्तरको खेलकुद मैदान बनाउन निर्देशन दिएका हुन् ।
मैदानको अवलोकनपछि अध्यक्ष अधिकारीले सो मैदानको स्तरोन्नति गरि तत्काल राष्ट्रियस्तरको बनाउन र खेलाडीहरुको आवश्यकतालाई ध्यान दिन सरोकारवालाहरुको समेत ध्यानाकर्षण गराएका छ्न ।
अध्यक्ष अधिकारीले मैदानको स्तरउन्नतिको लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
मैदानको स्तरोन्नतिले स्थानीय खेलकुदको विकासमा नयाँ आयाम थप्ने उहाँको विश्वास छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया