तीनपिप्ले-रानीपौवा सडक स्तरोन्नतिका लागि टेन्डर खुल्यो
नुवाकोट । वर्षौंदेखि बेहाल अवस्थामा रहेको पासाङ ल्हामुमार्ग बालाजु-त्रिशूली सडक अन्तर्गतको तीनपिप्ले-रानीपौवा खण्ड स्तरोन्नतिका लागि टेन्डर खुलेको छ ।
सडक डिभिजन नुवाकोटले साढे १४ किलोमिटर सडक खण्ड पर्ने तीनपिप्ले-रानीपौवा गुणस्तरीय कालोपत्रका लागि बिहीबार टेन्डर आह्वानसम्बन्धी सूचना जारी गरेको हो । डिभिजनका सूचना अधिकारी ईन्जिनियर पुरुषोत्तम भण्डारीले दुई वर्षभित्र सडक स्तरोन्नति सकाउनु पर्ने सम्झौता गर्ने गरी टेन्डर खुलाएको जानकारी दिए ।
उनले टेन्डर हाल्ने निर्माण कम्पनीले सुरुमा राजस्व खातामा २ करोड ६४ लाख दाखिला गर्नुपर्ने छ । साथै कागजात बुझाउँदा २० हजार रुपैयाँ पनि बुझाउनु पर्नेलगायत विभिन्न मापदण्ड तोकिएको छ ।
यो सडकलाई राष्ट्रिय योजना आयोगको प्रस्तावमा अर्थ मन्त्रालयले गत कात्तिक २० गते १ अर्ब ३३ करोड २ सय ६८ रुपैयाँ स्रोत सुनिश्चितता गरेको हो । सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो । ईन्जिनियर भण्डारीले असफाल्ट प्रविधिबाट बनाइने तीनपिप्ले-रानीपौवा सडक गुणस्तरीय बन्ने दाबी गरे ।
यसैबीच, नुवाकोटकै गंगटे-लब्धु-समुन्द्रटार-गोल्फुभन्ज्याङ सडकलाई पनि अर्थ मन्त्रालयले मन्त्रालयले सोमबार १ अर्ब २० करोडको स्रोत सुनिश्चितता गराएको छ । अब डेढ हप्तासम्मा ठेक्काको लागि सूचना जारी हुने सूचना अधिकारी भण्डारीले बताउनुभयो ।
यसअघि विवादित ठेकेदार शारदाप्रसाद अधिकारीसहितको जेभी ठेक्का भएर पनि काम नभएपछि ९ वर्षसम्म सडक भत्काएर अलपत्र पारिएको थियो । उक्त ठेक्का रद्द गरिएपछि आन्तरिक स्रोतबाट सडक बन्न लागेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया