तादी गाउँपालिका वासीलाई रेडक्रसले निशुल्क रत्त सेवा दिने
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका स्थानियहरुले अबदेखि निशुल्क रत्त सेवा पाउने भएका छन् ।
सोमवार तादी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले सो सम्बन्धी सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन् । तादी गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष सन्तमान तामाङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको तर्फबाट जिल्ला सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार गाउँपालिकाका कुनैपनि स्थानियले आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भएमा निशुल्क रगत पाउने छन् ।
पालिकासँग भएको सम्झौता अनुसार सम्बन्धित पालिका वासिलाई अस्पतालमा उपचार गराउदा चाहिने रगत र रक्त तत्व नुवाकोट रक्त सन्चार सेवा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।
निशुल्क रत्त सेवा पाउनको लागि सम्बन्धित पालिकाको वासी भएको प्रमाण खुल्ने कागजात चाहिने श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया