यौन व्यवसाय सञ्चालन गरेको आरोपमा थप दुईजना पक्राउ

विदुर खबर २०८० मंसिर १८ गते १६:२५

नुवाकोट । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुमलु गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्का रहेका छन्।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Advertisement

प्रतिक्रिया