आशा लघुवित्तको विवाद समाधान

विदुर खबर २०८० मंसिर १८ गते १०:५८

नुवाकोट । आशा लघुवित्तमा कर्मचारी र व्यवस्थापनबीच देखिएको विवाद अन्त्य भएको छ  ।

Advertisement

मङ्सिर १७ गते आइतबार लघुवित्तको व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि १६ बुँदे सम्झौता भएको छ  । १६ बुँदे सम्झौता संगै कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ  ।

वार्तामा व्यवस्थापनको तर्फको नेतृत्व बद्रि प्रसाद अधिकारीले गरेका थिए भने आन्दोलन कर्मचारीतर्फको नेतृत्वको दिपेश बुढाथोकीले गरेका थिए  । वार्तापछि भएको १६ बुँदे सहमति कार्यान्वयन गर्न गराउन कामु सीइओ बद्रि दुलालले लिखित प्रतिवद्धता जनाएका छन्  ।

Advertisement

यस संगै मङ्सिर १ गतेदेखि लघुवित्तमा सुरु भएको कर्मचारीको आन्दोलन अन्त्य भएको छ । मङ्सिर १ देखि साविक राष्ट्र उत्थान लघुवित्तका १९७ जना कर्मचारीले विभिन्न माग राख्दै सामुहिक राजिनामा दिएपछि लघुवित्तमा विवाद सुरु भएको थियो  । अब भने १६ बुँदे सम्झौतापछि विवाद अन्त्य भएको छ  ।

 

Advertisement

प्रतिक्रिया