नुवाकोट बचत तथा ऋण सहकारी संघको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०८० मंसिर १८ गते ८:२५

नुवाकोट । बचत तथा ऋण सहकारी संघ नुवाकोटको अध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
आईतबार सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नविनराज भण्डारी, दिपेन्द्र न्यौपाने, राजेन्द्र खड्का, रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । सदस्यमा राजकुमार तिमिल्सिना र ज्ञानेश्वर अमात्य चयन भएका छन् ।
Advertisement
निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सपथ ग्रहण गराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया