सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड
विदुर खबर
२०८० मंसिर १७ गते ११:४२
नुवाकोट । साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख १९ हजारमा रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ ।
यसदिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मको उच्च हो ।
यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ३ हजार ५६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३हजार ५० र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २४ रुपैयाँ ५० पैसा तोकेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया