विदुर ४ मा राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि सोमवारदेखि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचय पत्रको विवरण संकलन तथा दर्ता गर्न सोमवारदेखि शिविर संचालन गर्न लागेको हो । १६ वर्ष उमेर पुरा भएका नेपाली नागरिताको प्रमाण पत्र प्राप्त गरेका व्यक्तीहरु राष्ट्रिय परिचयपत्रको लागि योग्य हुने छन् ।
विदुर वडा नम्बर ४ को कार्यालयमा मंगलवारदेखि बिहिबारसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा दर्ता अभियान संचालन गरिने वडाध्यक्ष निलमबावु ढुङ्गेलले जानकारी दिए । पहिलो दिन १२ गते मंगलवार वालुवाटार, आश्रीत नगर, वसपार्क, दम्की, संगमचोक, नया बजार एरियाका स्थानियहरुको लागि समय निर्धारण गरिएको छ भने दोस्रो दिन १३ गते बट्टार पुरानो वजार, अर्किड मार्ग, आपघारी, भिमसेन मार्ग, फेदीगाउ, ओमशान्ती मार्ग र हावाघर वरपरका स्थानियलाई समय तोकिएको छ ।
त्यस्तै मंसिर १४ गतेको लागि बिदुर एरिया सवै र छुट भएको सवै एरियाका स्थानियहरुको दर्ता र विवरण संकलन हुने वडाध्यक्ष ढुङ्गेलले विदुर खबरलाई जानकारी दिए ।
नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणकार्यलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ ।
उक्त अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकाको विभिन्न वडामा संचालन भइरहेको राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा विवरण भर्न नागरिकको भीड लाग्ने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया