भूकम्प पीडितको राहतका लागि संगम सहकारीको सहयोग
नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जाजरकोटका भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० हजार एकसय ११ रुपैयाँ सहयोग गरेको छ ।
शुक्रवार सहकारीका पदाधिकारीहरुले नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० हजार एकसय ११ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको सहकारीका अध्यक्ष केशव मिश्रले जानकारी दिए ।
संगम सहकारीले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । भूकम्प प्रभावित जिल्लाका जनतासँग ऐक्यवद्धतामा उभिएको संगम सहकारीले जनाएको छ ।
गत कार्तिक १७ गते जाजरकोटमा ६.४ रेक्टर स्केलको भुकम्प जाँदा एकसय ५७ जनाको मृत्यु भएको थियो भने झण्डै ३ सय ७५ जनाभन्दा बढी घाइते भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया