नयाँ सहकारी दर्ता गर्न सरकारले लगायो रोक
नुवाकोट । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता गर्न रोक लगाएको छ ।
गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालाई कार्य क्षेत्र बनाएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरि संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने गरी निर्णय गरेको हो ।
सरकारले देश भर ठूलो संख्यामा रहेका सहकारीमा जोखिमयुक्त लगानी गर्ने प्रवृति रहेको भन्दै सोको व्यवस्थापनको लागि रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बचतकर्ताको बचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको मन्त्रालयले भनेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया