नुवाकोटमा डा. रामशरण महतको पालामा विकासको ढोका खुले : अर्थमन्त्रि महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको पालामा नुवाकोटमा विकासका धेरै ढोका खुलेको बताएका छन् ।
शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै अर्थमन्त्री डा महतले सो कुरा बताएका हुन् ।
‘नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो । तत्कालिन अर्थमन्त्री डा. रामशरण महतका पालामा यहाँ विकासका धेरै ढोका खुले’ उनले भने, ‘म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ, त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो ।’
‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीको बाटो धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’ अर्थमन्त्रि महतले भने ।
काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा. महतले ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’ उनले भने ।
यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया