नुवाकोटमा पहिलो पटक शंख फुक्ने प्रतियोगिता सम्पन्न

विदुर खबर २०८० मंसिर ७ गते ९:४६

नुवाकोट । नुवाकोटमा पहिलो पटक बुधबार शङ्खध्वनि प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

नुवाकोट एफएमले हरिबोधिनी एकादशी २०८० का अवसरमा बुधवार विदुर नगरपालिका– ५ देवीघाटको चौतारामा शंख फुट्ने प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ का सन्तोष सुवेदी प्रथम भए भने नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका रविन्द्रप्रसाद पाण्डे द्वितीय र विदुर ११ गेर्खुका सुरज प्याकुरेल तृतीय भएका छन् ।

Advertisement

यस्तै एक मात्र महिला सहभागिता जनाएका विदुर नगरपालिकाकी सिर्जना मुडभरीले सान्त्वना स्थान प्राप्त गरिन् भने शहिद जगत प्रकाशजंग शाह संस्कृत माविमा अध्ययनरत छात्र अग्रिम न्यौपानेले पनि सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान र मायाको चिनो प्राप्त गरेका छन् । यस्तै, सान्त्वनाले तीन हजार रुपैयाँ, मायाको चिनो र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

Advertisement

विजेतालाई बागमती प्रदेशसभाका सदस्य रमेशकुमार महत र विदुर नगरपालिकाकी प्रभा बोगटीले संयुक्तरुपमा पुरस्कार वितरण गरे । प्रतियोगितामा एक महिलासहित ५९ जनाले सहभागिता जनाएका थिए ।

नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई शङ्ख बजाउने कला हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभइनहुने शङ्खको उपयोग, संरक्षण र संवद्र्धनार्थ पहिलोपटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गरिएको एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए ।

शङख् दिनानुदिन लोप हुदै गएकोले युवा पुस्तालाई यसको संरक्षणमा लाग्न उत्परेणा जगाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।

 

प्रतिक्रिया