हरिबोधनी एकादशीको दिन किस्पाङ गाउँपालिकामा सार्वजनिक बिदा

विदुर खबर २०८० मंसिर ६ गते ९:१२

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

Advertisement

मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा किस्पाङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले गाउँपालिका एक सूचना जारी गर्दै किस्पाङ पोखरी र फिकुरी डाँडामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।

एकादशीको दिन किस्पाङ गाउँपालिकाको किस्पाङ पोखरी र फिकुरी डाँडामा ठूलो मेला लाग्ने गर्दछ ।

Advertisement

मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति गाउँपालिकाले पालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

अहिले किस्पाङको फिकुरी डाँडामा आन्तरिक र बाह्य पर्यटकहरुको भिड लाग्न थालेको छ । प्रचारप्रसारको आभावमा ओझेलमा परेको यो ठाउँ पछिल्लो समय सामाजिक संजालको कारण चर्चामा आउन थालेको छ ।

Advertisement

फिकुरी डाँडा र किस्पाङ पोखरीमा एकादशीलगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

 

प्रतिक्रिया