नुवाकोटको विदुरबाट ६ लाख रुपैयाँसहित २१ जना जुवाडे पक्राउ

विदुर खबर २०८० कार्तिक ३० गते १४:१०
फाईल फोटो ।

नुवाकोट । नुवाकोटको विदुरबाट ६ लाख रुपैयाँसहित २१ जना जुवाडे पक्राउ परेका छन् ।

Advertisement

विदुरको नर्थभ्यु होटलमा गएराती २१ जनाबाट कौडा सेटसहित ६ लाख ११ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवकोटले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरीले गएराति सो होटलमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १ घर भएका विष्णु न्यौपाने रहेका छन् भने वडा नम्बर २ का लक्ष्मण अधिकारी, होमप्रसाद अधिकारी, रमेश अधिकारी, राधेश्याम डंगोल, कृष्ण अधिकारी र पवनमान श्रेष्ठ छन् ।

Advertisement

त्यस्तै पक्राउ पर्ने अन्यमा विदुर नगरपालिका वडा नम्बर ४ घर भएका मंगलदाश तामाङ, दिनेश श्रेष्ठ, विष्णुप्रसाद न्यौपाने, सरो* गिरी, रविन्द्र आचार्य, सफि खान, महेश श्रेष्ठ र ईश्वरप्रसाद गुप्ता रहेका छन् ।

यस्तै पक्राउ पर्ने अन्यमा विदुर नगरपालिका वडा नम्बर ६ का शालिकराम अर्याल रहेका छन् भने विदुर नगरपालिका वडा नम्बर ९ घर भएका रामहरि रिमाल, सुजन श्रेष्ठ, राजेश श्रेष्ठ, रविन श्रेष्ठ र दिपेश श्रेष्ठ रहेका छन् ।

Advertisement

आरोपितहरुविरुद्ध शुक्रवार म्याद लिएर मुद्दा अघि बढाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया