विदुरको एक हार्डवेयर पसलमा आगलागी, क्षतिको विवरण आउँन बाकी
विदुर खबर
२०८० कार्तिक ३० गते ८:३३
नुवाकोट । नुवाकोटको विदुरमा रहेको एक हार्डवेयर पसलमा बुधवार राती आगलागी भएको छ ।
हिजो राती पौने ११ बजे विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको हार्डवेयरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नेपाल बैंक अगाडी रहेको सो हार्डवेयर ठाकुरप्रसाद खतिवडाको रहेको बताइएको छ ।
आगलागीबाट पसलको सामान पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण समेत आउँन बाकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पसलमा आगलागी भएपछि विदुर नगरपालिकाको दमकल आगो निभाउन खटेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया