‘बाँध मायाले’ र ‘धूम ३’ को तुलनामा ‘इन्टु मिन्टु लण्डनमा’ को आक्रामक व्यापार
शुक्रबार प्रदर्शनमा आएका चलचित्रहरु हुन् इन्टु मिन्टु लण्डनमा, बाँध मायाले र धूम ३ । तीन चलचित्रहरुमध्ये रेनशा वान्तवा राई निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रामक व्यापार गरिरहेको छ ।
प्रेमकथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवायुवतीको रोजाइमा परेको छ । चलचित्रलाई साम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ । शुक्रबारबाटै व्यापार सुरु गरेको यस चलचित्रले शनिबार अझ आक्रमक व्यापार गर्याे । शुक्रबार करिब ५५ लाख व्यापार गरेको चलचित्रले शनिवार झण्डै दोब्बर पुर्यायो ।
निर्देशक रेनशा वान्तवा राइका अनुसार शनिबार देश भरिको व्यापार करिब १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएका थिए आइतबार भने चलचित्रलाई बन्दको केही प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राई तथा मुख्य कलाकार धिरज, साम्राज्ञी र सारुक पनि उत्साहित छन् । २ वर्षदेखिको मेहनतको फल प्राप्तभएको छ, निर्देशक राईले भनिन् ।
निर्देशक राई चलचित्रका मुख्य ३ कलाकारलाई साथमालिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरुले समेत खुशी देखिन्थे । यही शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाँध मायाले । रिलिजअघि चलचित्रको जति चर्चा थियो, रिलिजपछि भने त्यो कायम हुन सकेन । चलचित्र बाँध मायाले ले भने सामान्य व्यापार गरेको छ । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो ।
चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किसोर खड्कालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । त्यस्तै त्यसै दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धूम ३ । अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र । तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया