जिउँदो कुखराको मूल्य किलोमा ५० रुपैयाँले घट्यो
नुवाकोट । व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् ।
कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।
संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ । बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको बिसीले बताए ।
संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्यो । १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ । सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ ।
जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने अध्यक्ष बिसीले बताए ।बजारमा अब तयारी मासुको मूल्य प्रतिकिलो ३२० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया