मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड

विदुर खबर २०८० कार्तिक १६ गते १०:४१

नुवाकोट । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ ।

Advertisement

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान एफपीओ बाँडफाँड भएको हो ।कम्पनीको एफपीओमा १३ लाख २० हजार आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

२० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् ।

Advertisement

कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो । 

नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो ।

Advertisement

प्रतिक्रिया