तारकेश्वरको सबै वडामा अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम सम्पन्न
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको सबै वडामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणको अवसर पारेर गाउँपालिकाले यो कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै उनीहरुको निशूल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्दै आइरहेको छ ।
स्वास्थ्य नै ठूलो धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पालिका अध्यक्ष शिव अधिकारीले आफूले कार्यभार सम्हालेदेखि नै यो कार्यक्रमलाई निरन्तरता दिदै आइरहेका छन् ।
जेष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै यो कार्यक्रमलाई आागमी दिनहरुमा थप प्रभावकारी बनाउँदै लैजाने गाउँपालिका अध्यक्ष अधिकारीको योजना रहेको छ ।
सो अवसरमा पालिकाको विकासका लागि जेष्ठ नागरिकको सल्लाह सुझाव समेत लिने गरिएकाले विकास निर्माणमा सबैको अपनत्व समेत रहने अधिकारीले विश्वास व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया