अपर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेन
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/07/tamakoshi.jpg)
नुवाकोट । अपर तामाकोशी हाइड्रोपावरको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेकाे छैन् ।
कम्पनीले सोमबार असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता शेयरको लागि मात्र आवेदन परेको छ ।
अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद शेयरको लागि निवेदन आह्वान गरिएको थियो ।
अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता शेयरको लागि आवेदन परेको छैन । आवेदन नपरेको शेयर कम्पनीले लिलामीमा बेच्ने गर्दछ । अहिले अपर तामाकोशीको शेयर मूल्य २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
हकप्रद शेयर निष्काशन गरेर संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबर्द्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया