माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीको आईपीओमा तेस्रो दिनसम्म ९ लाख ५७ हजार बढीले आवेदन दिएका छन् । आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ५७ हजार ७ सय १६ जना आवेदकले १ करोड ७ लाख ८६ हजार १ सय ६० कित्ताका लागि १ अर्ब ७ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ८.३८ गुणा बढि हो ।
कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ ।
आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया