छैठौ दशैँ खसि कप फुटबल प्रतियोगिता शुरु
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ ईनारपार्टीमा शनिवारदेखि छैठौ दशैँ खसि कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
ईनारपाटी युवा समुहको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष श्यामकृष्ण चालिसेले गरेका हुन्।प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष चालिसेले प्रतियोगिताले वडामा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष चालिसेले वडा कार्यालय सदैव युवाहरुको क्षमता विकासमा केन्द्रित रहने भन्दै आगामी दिनमा अझै वडालाई खेलकुदमय बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतियोगिताको पहिलो खेलमा न्यु ईनारपाटी युवा क्लबले विजयी शुरुवात गरेको छ । आयोजक टोली ईनारपाटी युवा समुहलाई ५–१ गोल अन्तरले पराजित गर्दै न्यु ईनारपाटीले विजय शुरुवात गरेको हो ।
लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा विभिन्न ६ ओटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले खसी, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उप–विजेताले बोका, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा पिपलटार फुटसल क्लबका अध्यक्ष उद्धव पनेरु, निर्माण व्यवसायी श्याम लामा, विदुर ६ का वडा सचिव ठाकुर केसी लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया