नुवाकोट क्रिकेट संघले वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता संचालन गर्ने
नुवाकोट । नुवाकोट क्रिकेट संघले वार्षिक क्यालेन्डर बनाएर जिल्लामा विभिन्न क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ ।
बुधवार वसेको नुवाकोट क्रिकेट संघको नियमित बैठकले २०८०/८१ को लागि ग्रासरूट क्रिकेटलाई प्राथमिकतामा राखेर वार्षिक क्यालेन्डर तयार गर्ने निर्णय गरेको हो । जसमा जिल्लाका २० वटा विद्यालयलाई समावेश गरि कोचिङ कोर्स संचालन गर्ने निर्णय गरिएको नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जानकारी दिए
त्यस्तै यु–१२, यु–१४, यु–१६ र यु–१९ प्रतियोगिता संचालन गर्ने, कर्पोरेट सुपर– ६ प्रतियोगिता, क्लव स्तरिय प्रतियोगिता, ईन्टर स्कुल प्रतियोगिता, ईन्टर कलेज प्रतियोगिता र विभिन्न जिल्लाहरूसँग मैत्रीपुर्ण प्रतियोगिताको साथै महिला क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य लिइएको नुवाकोट क्रिकेट संघले लिएको छ ।
बैठकले नुवाकोटमा क्रिकेटको विस्तार र विकास गर्ने उद्देश्यले सबै पालिकामा पालिका स्तरिय क्रिकेट समिति गठन गर्ने निणर्य समेत गरेको सचिव खतिवडाले बताए ।
बैठकले नुवाकोटमा क्रिकेटको विकास र विस्तार गर्न भन्दै विभिन्न उपसमितिहरू समेत गठन गर्ने निणर्य गरेको छ । जसमा प्रतियोगिता समिति जिम्मा विष्णु प्याकुरेललाई दिइएको छ भने आर्थिक समितिको जिम्मा केशव मिश्र, प्रविधिक समितिमा प्रज्वल सापकोटा र मिडिया तथा जनसम्पर्क समितिको जिम्मा करण खतिवडालाई दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया