शिक्षक लाइसेन्सको नतिजा अब एसएमएसबाट हेर्न सकिने
विदुर खबर
२०८० असोज १८ गते १९:११

नुवाकोट । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ ।
आयोगले नतिजा शुक्रबार बिहानसम्म गर्ने तयारी गरेको जनाएको छ । आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ ।
शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ भदौमा माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको परीक्षामा ४९ हजार १७० जना सहभागी भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
उक्त नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया