नुवाकोटको हाम्रो विकास बैकलाई ज्योति विकास बैकले सय रुपैयाँ तिरेर किन्ने निश्चित
२९ गते साधारणसभा
नुवाकोट असोज ८, नुवाकोटको हाम्रो विकास बैकलाई ज्योति विकास बैकले सय रुपैयाँ तिरेर किन्ने निश्चित धएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलार्इ बराबरी हैसियतमा प्राप्ति गर्ने टुङ्गो लागेको छ। बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलार्इ आगामी साधारणसभाबाट पारित गर्ने भएको छ। बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा डाकेको छ।
हाम्रो विकास बैंकलार्इ प्राप्ति गर्ने संझौतालार्इ साधारणसभाले अनुमोद गरेसँगै आवश्यक प्रकृया अगाडि बढ्ने जनाएको छ। बैंकको चुक्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ। प्राप्तिसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ।
साधारणसभामा बैंकले हाल कायम संस्थापक शेयरधनीको ६०.४५ प्रतिशतको होल्डिङलार्इ ५१ प्रतिशतमा झार्ने विशेष प्रस्ताव अगाडि सारेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वलार्इ ५१ प्रतिशतमा झार्ने क्रममा २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ।
गत भदौ २४ गते बसेको संचालक समितिको बैंठकले चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो। यसलार्इ पनि साधारणसभाबाट पारित गर्नेछ। साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ। असोज १४ गतेसम्म कायम शेयधनीले नगद लाभांस प्राप्त गर्न सक्नेछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया