माथिल्लो मैलुङले सर्वसाधारणका लागि सेयर खुलाउँदै

विदुर खबर २०८० असोज ९ गते २०:५०

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आम सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।

Advertisement

कम्पनीले असोज १८ देखि २२ गतेसम्म सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको १५ प्रतिशत सेयर उसले आम सर्वसाधारणका लागि छुट्याएको छ।

कम्पनीले रोजगारमा गएका नेपाली, प्रभावित वासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर बाँडफाँट गरिसकेको छ।

Advertisement

सबैलाई बिक्रीपछि आम सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय  कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले १४.३ मेगावाट क्षमताको जलविद्युत परियोजना विकास गरिरहेको छ। यसको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ।

Advertisement

प्रतिक्रिया