नुवाकोटको बुद्धभुमि नेपाल हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने
नुवाकोट । नुवाकोटको बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्र बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार क्यापिटलले बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया