दशैँअघि काठमाण्डौ–त्रिशुली रुटमा ई–माइक्रो चल्ने, भाडा ३ सय ५०

विदुर खबर २०८० असोज ३ गते १०:३२

नुवाकोट । टिमुरे यातायात प्रालिले दशैँ अघिबाट काठमाण्डौ–त्रिशुली रुटमा ई–माइक्रो वस संचालन गर्ने भएको छ ।

Advertisement

जिल्लामा अहिले पेट्रोलियम पदार्थबाट चल्ने वस मात्र संचालन भइरहेको अवस्थामा टिमुरे यातायात प्रालिले जिल्लामै पहिलोटक ई–माइक्रो संचालन गर्न लागेको हो । ई–माइक्रो वस संचालन गर्नको लागि भन्दै टिमुरे यातयातले विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुली वसपार्कमा आफै चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

पहिलो चरणमा काठमाण्डौ–त्रिशुली रुटमा १० ओटा ई–माईक्रो वस सचालन गर्न लागिएको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

Advertisement

पहिलो चरणमा काठमाण्डौ–त्रिशुलीको रुटमा १० ओटा ई–माईक्रो संचालन गर्न लागेका छौ, यो सफल भएमा अन्य रुटमा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको जोशीले बताए । ई–माईक्रो संचालन गर्दा केही खर्च कम हुने भएकोले पेट्रोलियम पदार्थबाट संचालन हुने यातायाताको भन्दा भाडा केही सस्तो हुने समेत उनले बताए । ई–माइक्रोको सेवा चुस्तदुरुस्त हुने बताइएको छ ।

अहिले पेट्रोलियम पदार्थबाट चल्ने काठमाण्डौ–त्रिशुलीको एसी भाडा झण्डै ४ सय रुपैयाँ रहेको छ । टिमुरेले संचालन गर्न लागेको ई–माईक्रोको भाडा ३ सय ५० रुपैयाँ हुने बताइएको छ । जुन ई–माईक्रोको क्षमता १० जना चढ्न मिल्ने हुनुको साथै फुल एसी समेत हुने जोशीले बताए ।

Advertisement

अहिले कायम गरिएको ३ सय ५० रुपैयाँ भाडा झण्डै दुई वर्षसम्म नबढ्ने समेत उनले दाबी गरे । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको भाडा मुल्य घटबढ हुँदा समेत ई–माइक्रोको भाडा स्थिर हुने बताए ।

उनले ठुलो लगानी गरेर आफुहरुले जिल्लामा पहिलोपटक ई–माइक्रो संचालन गर्न लागेकोले सबैको साथ र सहायोग आवश्यक रहेको बताए । चार्जिङ स्टेशन संचालनबाट आएको मुनाफाको ३० प्रतिशत रकम विदुर १ को वडा कार्यालयलाई दिइने समेत जोशीले जानकारी दिए ।

“राज्यको नितिलाई सहयोग गर्न हामीले ठुलो जोखिम मोलेर विद्युत्तिय इ–माईक्रो संचालनमा ल्याउन लागेका छौ, सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ,” जोशीले विदुर खबरसँग भने ।

नेपालको नदिमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत बढी उत्पादन हुने र नेपालले विद्युतिय गाडी प्रयोगमा ल्याउन सके जलविद्युतले बजार पनि प्रश्स्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठुलो टेवा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया