नुवाकोटको त्रिशुली अस्पताल फेरि विवादमा
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल फेरि विावादमा तानिएको छ ।
कहिले अस्पतालमा डाक्टर नभएर सेवा बन्द गर्ने त कहिले अस्पतालमा सुत्केरीको मृत्य प्रकरणले पटक पटक विवादमा तानिदै आएको त्रिशुली अस्पताल फेरि निशुल्क सेवा दिँदै आएको सामाजिक संस्था निक साइमन्स इन्स्टिच्युटका बायोमेडिकल ईन्जिनियरलाई फिर्ता पठाउने निर्णय गरेसँगै पुन विवादमा तानिएको हो ।
शुक्रवार अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रतिक सिंहले निक साइमन्स इन्स्टिच्युटलाई पत्र लेख्दै अस्पतालमा बायोमेडिकल टेक्निसियन कार्यरत रहेको भन्दै अस्स्पताललाई बायोमेडिकल ईन्जिनियर आवश्यक नरहेको उनको पद थप गर्न नसक्ने बताएका हुन् ।
अस्पतालको सबै खर्च ब्यहोर्ने गरि निक साइमन्स इन्स्टिच्युटले पठाएको बायोमेडिकल इन्जिनियरको म्याद नथप्ने निर्णय गरेसँगै अस्पतालमा विषयमा सामाजिक संजाल फेसबुकमा अस्पताल प्रशासनको आलोचना हुन थालेको छ ।
अस्पतालमा बायोमेडिकल इन्जिनियर अत्यावश्यक भएपनि सहायक टेक्निसियनबाट काम लिने निर्णय गर्नु आफैमा लजास्पद भएको अधिकारीहरु बताउँछन् । सामाजिक संस्थाले निशुल्क रुपमा कर्मचारी दिन्छु भनेपनि अस्पताल आफैले सहायकस्तरको कर्मचारी राख्न खोज्नुमा केही रहस्य रहेको बताइन्छ । सहायक कर्मचारी राख्दा अस्पताललाई थप व्यवभार पर्ने छ ।
अस्पतालमा आफुले एक पैसा ब्यहोर्न नपर्ने तर कामचाहिँ अस्पतालको गर्ने गरि आएका इन्जिनियर निकाल्नुको कारण भने अस्पताल प्रशासनले लिन सकेनको छैन । अस्पताल स्रोतका अनुसार अस्पतालमा ठुलै खरिदको मोलमोलाइ भइरहेको छ । अस्पतालको उपकरण खरिदमा संचालक÷प्रशासन र इन्जिनियरबिच स्वार्थ नमिलेका कारण उनको म्याद थप नगरिएको हो । इन्जिनियरले पास नगरी सामान ल्याउन पाइन्न ।
सस्तो सामान ल्याएर महँगो बिल बनाए मात्रै द¥हो कमिसन आउँछ । त्यसैले उनको म्याद थप नगरिएको हो स्रोतले विदुरखबरसँग भन्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया