शिवपुरीमा अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम सुरु
विदुर खबर
२०८० भदौ ३० गते ९:१३
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा अध्यक्षसग वृद्धवृद्धा कार्यक्रम सुरु भएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष गोबीन्द थपलियाले कार्यक्रमको सुरुवात गरेका हुन् । स्थानीय सिक्रे स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच सो सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सेवा क्षेत्रमा रहेका ६० वर्ष माथि उमेरका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सम्बन्धि औसधिको ब्यवस्थापन गर्न लागेको हो ।
राज्यबाट पाउने ९८ प्रकारका औसधि बाहेक सुगर, प्रेसरसहित १६ प्रकारको औसधि निशुल्क वितरण गर्न लागेको गाउँपालिकाका स्वास्थ्यकर्मी तथा नुवाकोट जिल्ला स्वास्थ्यकर्मी संघका अध्यक्ष कल्याणभक्त पाण्डेले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया