कुकुर र बिरालोको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

नुवाकोट । काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका वैठकमा सडकमा कुकुर आतंक सिर्जना भएको भन्दै बारम्बार गुनासो गरेपछि कुकुर र बिरालोको बन्ध्याकरण बृहत बनाउने तयारी गरेको हो ।
महानगरका कृषि तथा पशुपन्छि विभागका प्रमुख डा.अवधेश झाका अनुसार कुकुर र बिरालोको भ्याक्सिनेसन र बन्ध्याकरणको लागि इच्छुक फर्महरुलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
‘अहिले एटा संस्थाले महानगर मार्फत भ्याक्सिनेसन र बन्ध्याकरण गर्दा खासै प्रभावकारी भएको छैन अब हामीले एकैचोटी धेरै फर्म तथा संस्था मार्फत काम गर्दै छौं’, झाले भने ।
महानगरपालिकाले काम गर्न इच्छुक संस्थाहरुलाई कुकुर तथा विरालोको खोप भ्याक्सिनेसन र बन्ध्याकरणको लागि २ हजार ५ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ भने खोप भ्याक्सिनेसनको मात्रैको लागि २ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ ।
महानगरपालिकाले फर्म वा संस्थालाई खोप भ्याक्सिनेसन र बन्ध्याकरण गरेवापत उक्त रकम दिने झाले बताए । ‘संस्थाहरुले काम गरेको अनुगमन गरेर प्रमाणित भएपछि सोही अनुसार महानगरले प्रस्तावित रकम दिन्छ, यो पटक ८ वटा भन्दा बढी संघ संस्थाहरु आउने अनुमान गरेका छौं’, झाले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया