बट्टारको भैरवी आयाल स्टोरको एक अर्बभन्दा बढीको कारोवार
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको भैरवी आयल स्टोरले गत आर्थिक बर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको कारोवार गरेको छ ।
गत आर्थिक बर्ष २०७९÷८० मा भैरवी आयल स्टोरले एक अर्ब २ करोड ८९ लाख ९२ हजार रुपैयाँको पेट्रोल र डिजेलको कारोवार गरेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
गत आर्थिक बर्षमा एक अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने पेट्रोल पम्पको संख्या १४ पुगेको छ । नेपाल आयल निगमकाअनुसार देशभरको पम्पहरुमध्ये १४ वटा पम्प सर्वाधिक कारोबार गर्ने सूचीमा दरिएको हो । विगतमा इन्धन कारोबारमा प्रहरी, शसस्त्र, सेना र सहकारी पम्पहरुको बाहुल्यता थियो ।
निगमको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९÷८० मा देशभरमै सबैभन्दा बढी धादिङको भैरवी इन्टरप्राइजेजले पेट्रोल र डिजेलको कारोबार गरेको थियो । नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालका अनुसार भैरवीले उक्त आर्थिक बर्षमा १ अर्ब ७९ करोड ४० लाख ११ हजार रुपैयाँबराबरको पेट्रोल र डिजेल खरिद गरि बिक्री गरेको थियो ।
अघिल्लो आर्थिक बर्षमा अत्याधिक इन्धन बिक्री गर्ने पम्पहरुको सुचीमा ५ नम्बरमा पनि नपरेको भैरवीेले गत आर्थिक वर्षमा भने देशभरमै सबैभन्दा बढी इन्धनको कारोबार गरेको हो । देशभर १ हजार ५ सयभन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् ।
भुसालकाअनुसार भैरवीले गत आर्थिक बर्षमा दैनिक १२ हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल खरिद गरि कारोबार गरेको थियो । त्यो बर्षमा भैरवीले कूल १ करोड ८ लाख ६१ हजार ९ सय ५७ लिटर पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।
‘यसमध्ये ८० प्रतिशतका दरले ८७ लाख ५४ हजार ३७ लिटर डिजेल बिक्री गरेको थियो,’ भुसालले भने ।
टंक श्रेष्ठले सञ्चालन गरेको उक्त भैरवी इन्टरप्राइजेजले सडक तथा भवन निर्माण र जलविद्युत् गृहलाई थोक परिमाणमा डिजेल उपलब्ध गराउँदै आएकाले कारोबार सबैभन्दा बढी देखिएको हो ।
‘धादिङको सदरमुकाम धादिङबेसीमा मेरो मात्रै पम्प भएकाले पनि कारोबार अत्याधिक देखिएको हो,’ श्रेष्ठले भने ।
अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा श्रेष्ठले ९८ करोडको मात्रै कारोबार गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी कारोबार गरेका कारण उनको पम्प देशभरमै सर्वाधिक कारोबार गर्ने पम्पमा दरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया