गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा एक युवक बेपत्ता
विदुर खबर
२०८० भदौ १६ गते १८:४८
नुवाकोट । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ ।
बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
आज बिहान ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट ७ जना, नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जना खोजीका लागि परिचालन गरिएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया