नुवाकोटमा एमसीसीको विरोधमा मसाल प्रदर्शन

विदुर खबर २०८० भदौ ९ गते ७:४७

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सदरमुकाम विदुरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

Advertisement

शुक्रबार साँझ विदुर चोकमा एमसीसी खारेजीको माग गर्दै नेकपाका कार्यकर्ताहरूले मसाल बालेर नारा लगाउँदै विरोध गरेका छन् ।

‘राष्ट्रघाती एमसीसी धोका हो, देशद्रोही खड्गबहादुर विष्ट मुर्दावाद, एमसीसी खारेज गर’ भन्दै नारा लगाएका थिए ।

Advertisement

आगामी मंगलबार एमसीसीको विषयमा अन्तरक्रियासमेत गरिने नेकपा जिल्लाका नेताहरूले बताए ।

प्रतिक्रिया