टी–२० विश्वकप छनोट : नेपालले बिहीबारबाट तयारी थाल्ने
नुवाकोट असोज २, सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले बिहीबारबाट तयारी गर्ने भएको छ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीहरु बुधबारसम्म काठमाडौंमा उपलब्ध हुने र बिहीबारदेखि तयारी थाल्ने जनाएका छन्।
‘हामीले आइसिसीलाई तयारी लागि पत्राचार गरिसकेका छौं,’ उनले नेपाल लाइभसँग भने,’भोलि सबै खेलाडी जम्मा भइसक्छन्। पर्सिदेखि तयारी थाल्छौं।’
तयारीमा यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा परेका खेलाडीलाई बोलाइएको टमाटाले बताए। ‘हामीले तयारी गर्नका लागि यसअघि क्याम्पमा बोलाएका २ दर्जन लाडीलाई समावेश गर्छौं,’ उनले भने।
१० दिन नेपालमा अभ्यास गरेपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने टमाटाले बताए। पहिलो चरणको छनोट प्रतियोगिता मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुनेछ। नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ।
पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि नेपालले गत महिना मलेसियामा नै एसिया कपको छनोट खेलेको थियो। तर नेपालले सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा एसिया कपमा छनोट हुन सकेन। नेपालले औसत प्रदर्शन गर्न समेत सकेको थिएन। उक्त प्रतियोगिताबाट धेरै सिकेकाले टी–२० छनोटमा केहि सहज हुने टमाटाको भनाइ छ। तर उनले कुनै प्रतिद्वन्द्वीलाई कमजोर नआँक्ने बताए। ‘मलेसियाको विकेटबारे हामी जानकार छौं। यसले हामीलाई फाइदा पुग्छ,’ उनले भने,’ हाम्रो एक मात्र उद्देश्य दोस्रो चरण पुग्नु हो। त्यसलै हामी आफ्नो शतप्रतिशत दिनेछौं।’
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
पहिलो चरणको छनोटमा नेपालको खेल
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया