माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता
विदुर खबर
२०८० भदौ ३ गते १३:३४

नुवाकोट । झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।
साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए । माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ ।
कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाई भइरहेको जैसवारले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया