चिलिमे जलविद्युतको नाफा झण्डै ८ प्रतिशत घट्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2023/08/IMG_20230710_073729.jpg)
नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७५ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.४९ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब १८ करोड १७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९.३५ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६७ प्रतिशत बढेको छ भने अन्य आम्दानी २६.६४ प्रतिशत बढेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा घटेर ९ रुपैयाँ ५७ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ।
७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ अर्ब ३० करोड १६ लाख रुपैयाँ सञ्चित छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया