सानिमा जीआइसी इन्सुरेन्सको नाफा ९३.३६ प्रतिशतले बढ्यो
विदुर खबर
२०८० साउन ३१ गते १४:४७
नुवाकोट । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा जीआइसी इन्सुरेन्सले २८ करोड १ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा ९३.३६% ले धेरै हो । अघिल्लो वर्ष यसले १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद बिमा शुल्क पनि १२६.४७% ले बढेर ६२ करोड ८८ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष यसले २७ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । असार मसान्तसम्म आइपुग्दा इन्सुरेन्सले बिमा कोषको आकार पनि १५९.६०% ले बढेर ४२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषको आकार १६ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ३२ करोड ९४ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा छ ।
सानिमा र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर गत वर्षको कात्तिक ७ बाट जीआइसी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया