डेंगु संक्रमणबाट ११ महिनाकी बालिकाको मृत्यु

विदुर खबर २०८० साउन २७ गते १०:५५

नुवाकोट । पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ।

Advertisement

युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्।

Advertisement

डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले  जानकारी दिए।

प्रतिक्रिया