नुवाकोटमा आँखा पाक्ने विरामीको संख्या बढ्दै

विदुर खबर २०८० साउन २५ गते ८:०४

नुवाकोट । नुवाकोटमा आँखा रातो हुने रोगको संक्रमण बढ्दै गएको छ ।

Advertisement

देशभर फैलिँदै गरेको आँखा रातो हने (आँखा पाक्ने) रोगीको सङ्ख्या नवाकोटमा पनि बढ्न थालेको हो । साउन दोसो हप्तादेखि नुवाकोटमा आँखा रातो भएर अस्पताल आउनेको सङ्ख्या बढ्न थालेको त्रिशुली अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल त्रिशूली र जिल्ला सामदायिक आँखा केन्द विदुरमा दैनिक आँखा रातो भएर उपचार गर्न आउनेको सङ्ख्या बढिरहेको छ । जिल्लामा तादीको खरानीटार, दप्चेश्वरको समुन्दुटार र लिखुको चौघडामा सामुदायिक आँखा केन्द्रको शाखा सञ्चालनमा रहेका छन् ।

Advertisement

जिल्लाभरि नै आँखा रातो भएर उपचार गराउन आउने रोगीको सङ्ख्या बढिरहेका जिल्ला सामदायिक आँखा केन्द विदुरका नेत्र अधिकृत ताराबहादर वाइबाले जानकारी दिए ।

आँखा रातो हने व्यक्तिको चिप्रा वा थुकको माध्यमबाट एडिनो भाइरसले अन्य व्यक्तिमा सङ्क्रमण फैलाउँछ । कनै पनि वस्त छोइसकेपछि हात धनुपर्छ । आँखालाई हातले छोइराख्नहुँदैन । सङ्क्रमित व्यक्तिको रूमालको ु पयोग गर्ने, सामाजिक दूरी कायम राख्नु पर्ने सुझाव नेत्र अधिकृत वाइबाले दिए ।

Advertisement

चिकित्सकको सझाव अनुसार औषधि–उपचार गर्न र जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न उनले सल्लाह दिएका छन् । आँखा रातो भएमा आँखा शीतल पार्ने ड्रप (कृत्रिम आँस)ु भने पयोग गर्न सकिने उनले बताए ।

प्रतिक्रिया