रसुवामाको माथिल्लो साङ्जेन जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू

रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ ।
माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४.८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट साउन २० देखि उत्पादन हुन थालेको हो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउन थालिएको छ ।
साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युतको राष्ट्रिय प्रसारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।
विद्युत् उत्पादनका लागि समुद्र सतहबाट २ हजार ३५० मिटरको उचाइ तिलुचे बगरमा बाध बाँधेर १ हजार ३०० मिटर भूमिगत सुरूङ एवं १५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेन्ड ११.६ घनमिटर पानी सिम्बु गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्याइएको छ ।
तीनवटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक ८ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताए ।
विद्युत् गृह रहेको स्थान समुद्र सतहदेखि २ हजार १८० मिटरको उचाइमा छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले १०१.८ मेगावाट विद्युत् उत्पादन गराएको छ ।
यसअघि २०६० सालमा २२ मेगावाट क्षमताको चिलिमे, २०७१ मा ५ मेगावाट क्षमताको मैलुङ्खोला र २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया