आजदेखि सर्वसाधारणलाई रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

विदुर खबर २०८० साउन २३ गते १२:४२

नुवाकोट । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।

Advertisement

कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।   कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको छ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५४ सय कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।

Advertisement

कम्पनीले असार २७ देखि  साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  सो शेयर बाँडफाँड भईसकेको छ  ।

जसमा लगानीकर्ताले अधिकतम ६० कित्ता सम्म शेयर पाएका छन्  ।

Advertisement

प्रतिक्रिया