नुवाकोट जिल्लाव्यापी खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि फुयाललाई
नुवाकोट । नुवाकोटमा जारी नुवाकोट जिल्लास्तरीय खुल्ला ¥यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष फुयालले हात पारेका छन् ।
नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा भएको प्रतियोगितामा पुरुषोतम शिलवाललाई पराजित गर्दे फुयालले उपाधि उचालेका हुन् । स्वीस लिग प्रणालीमा सातौ चरणसम्म भएको खेलमा फुयालले ६.५ अंक बटुलेर च्याम्पियन हुन् । त्यस्तै ६ अंक बटुलेर शिलवाल दोस्रो भएका छन् ।
त्यस्तै ५.५ अंक बटुलेर पुर्व नेपाल च्याम्पियन नविन तन्डुकारले तेस्रो स्थान हात पारे । समान ५.५ अंक हात पादै मनिराज डागीले चौथो स्थान हात पारे भने पाँचौ स्थान मिसन दाहाल रहे । त्यस्तै छैठौ स्थानदेखि दशौ स्थानसम्म रहेका सबैले समान ५÷५ अंक हात पारे । छैठौँ स्थानमा जगन्नाथ ताम्रकार रहे भने सातौमा गणेशमा दुवाल, आठौ स्थानमा सरोज मर्हजन, नवौ स्थनामा राजेन्द्र वज्रचार्य र दशौ स्थानमा सुरज लामा रहेका रहेका छन् ।
दशौ स्थानमा रहेका सुरज लामा नुवाकोटको ककनी गाउँपालिकाका हुन् । खुल्ला प्रतियोगितामा १० औ स्थान हात पार्ने उनी नुवाकोटको पहिलो खेलाडी हुन् ।
प्रतियोगिताको विजेता फुयालले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका शिववालले ७ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै तेस्रो भएका तन्डुकारले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए ।
यस्तै चौथो भएका डागीँले ४ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए । त्यस्तै पाँचौ भएका मनिस दाहालले ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने छैठौँदेखि दशौ स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले नगरपालिकाले खेल क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा बुद्धिचाल खेललाई पनि प्राथकिमतमा राखेर बजेट विनियोजन गर्ने बताए । उनले आगामी दिनमा पनि वडा कार्यालय बुद्धिचाल संघसँग सहकार्य गर्न तयार रहेको बताए ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राईले यस प्रतियोगिताले नुवाकोटमा नयाँ प्रतिभाको खोजी गरेको बताए । उनले नुवाकोट बुद्धिचाल संघलाई जिल्ला खेदकुद विकास समितिले छिट्टै खेलकुद सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यत्त गरे ।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले चेस खेललाई राज्यले उपेक्षा गरेको बताए । उनले खेल क्षेत्र राज्यको मुद्धा नबनेसम्म खेल क्षेत्रको विकास नहुने बताए ।
कार्यक्रममा नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले आफुहरु जिल्लास्तरीय मात्र नभइ नेपाल च्याम्पियन प्रतियोगिता गर्न आतुर रहेको बताए । उनले आगामी दिनमा नुवाकोट बुद्धिचाल संघ झनै बढी सक्रिय रहँदै विद्यालयस्तरीय प्रतियोगिता गर्ने तयारमिा रहेको उल्लेख गरे ।
कार्यक्रममा पहिलो पुरस्कार प्रायोजन गरेका युवा व्यवसायी सुदिप घिमिरे लगायतले नुवाकोटमा जिल्लास्तरीय चेस प्रतियोगिता हुनु नै ठुलो उपलब्धी रहेको भन्दै आगामी दिनमा पनि विभिन्न खेलक्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।
प्रतियोगितामा नुवाकोटका ३७ सहित ५६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्राष्ट्रिय फिडे नियम अनुसार भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया