विदुर १ मा डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान शुरु

विदुर खबर २०८० साउन २० गते १२:५२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ले वडा क्षेत्रभित्र डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान शुरु गरेको छ ।

Advertisement

शुक्रवार विहान विदुर नगरपालिका वडा नम्बर १ को आयोजनामा ढुङेबाट डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान शुरु भएको हो । ढुुङ्गे र त्रिशुली लगायतका स्थानमा बढी जनघनत्व भएकोले पहिलो चरणमा यी स्थानबाट लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन गरेको विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले जानकारी दिए ।

वडाध्यक्ष रन्जितका अनुसार डेँगुका बिरामी वडामा पनि धमाधम देखिन थालेपछि वडा कार्यालयले सचेतना अभियानलाई जोड दिएको हो ।

Advertisement

पछिल्लो समय विदुर नगरपालिकाको विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने कार्यक्रम सञ्चालन गरिरहेको विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पुर्णध्वज श्रेष्ठले जानकारी दिए ।

डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानको क्रममा विदुर नगरपालिकामा रहेको बाराही सामुदायिक वन उपभोक्ता समुहले सिटोनेलाको विरुवा समेत प्रयेक घरधुरीलाई वितरण गरेको अध्यक्ष भुवनलाल राजभण्डारीले जानकारी दिए ।

Advertisement

सरसफाई अभियान कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि, विदुर नगरपालिका वडा नम्बर १ का स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीको टोली, पोष्टवहादुर बोगटी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु र स्थानियवासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया