शिक्षक सेवा आयोग प्रावि तहको परीक्षा मिति सर्यो
विदुर खबर
२०८० साउन १५ गते १८:३४

नुवाकोट । शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ।
असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।
लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया