नुवाकोटमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

विदुर खबर २०८० साउन ११ गते १८:३९

नुवाकोट । नुवाकोटमा आजदेखि राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ ।

Advertisement

आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक कार्यक्रमको आयोजना गरि ५ जनालाई परिचय पत्र दिएर राष्ट्रिय परिचय पत्र वितरण प्रकृया सुरु गरेको हो । बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिंह लामा र स्वास्थ्य मन्त्रि उत्तम जोशीले संयुत्त रुपमा रााष्ट्रिय परिचय पत्र वितरण गरेर अभियानको शुरुवात गरेका हुन् ।

नुवाकोटमा पहिलो पटक रााष्ट्रि«य परिचय पत्र पाउनेमा विदुर नगरपालिका वडा नम्बर ९ का मान वहादुर तामाङ रहेका छन् । उनीसँग अन्य चार जनाले रााष्ट्रिय परिचय पत्र पाएका छन् । परिचय पत्र पाउनेहरुमा सुनिल श्रेष्ठ, राजाराम रिजाल, अनन्त रिजाल र मिरा तामाङ रहेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिंह लामाले सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको बताए । उनले रााष्ट्रिय परिचय पत्रमा व्यक्तिका सबै विवरण उपलब्ध हुने भएकोले यसको प्रभावकारीता बढ्ने समेत उल्लेख गरे ।

नुवाकोटमा वि.स. २०७७ साल असार ३१ गतेबाट रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न शुरु गरिएको थियो । अहिलेसम्म नुवाकोटमा ४४ हजार जनाको विवरण संकलन भइसकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

Advertisement

नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा केही समय गुनासो आएपनि अहिले त्यस्तो समस्या नरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

नुवाकोटमा राष्ट्रिय परिचयत्रको विवरण संकलनको लागि अहिले वडा तहबाट नै विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म किस्पाङ, म्यागङ, तारकेश्वर, दुप्चेश्वर, सुर्यगढी र लिखु गाउँपालिकामा विवरण संकलन सम्पन्न भएको बताइएको छ ।

नुवाकोटमा हालसम्म एक हजार चारसय ८१ जनाको रााष्ट्रिय परिचय पत्र प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

रााष्ट्रिय परिचय पत्र वितरण कार्यक्रममा बाग्मति प्रदेशका सांसद रमेश कुमार महत, राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन, श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विभिन्न राजनितिक दलका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया